चीनमा नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प जाँदा एक सय एघार जनाको ज्यान गएको छ ।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा धेरै क्षति पुराएको र दुई सय भन्दा बढी घाईते भएको चिनिया संचार माध्यमहरुले जनाएका छन।
भुकम्प प्रभावित क्षेत्रमा अहिले खोजी कार्य जारी रहेको छ।
भुकम्प प्रभावित क्षेत्रमा विद्युत र खानेपानी पनि अवरुद्ध भएको छ।