कार्तिक २,बुटवल ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले दुःख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकिएको बताएका छन् । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ हिजो बाट तिलोत्तमामा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव २०८० को हिजो उदघाटन गर्दै नेता भण्डारीले जनताको पहुच सरकारमा पुर्याउन बनाएको संयन्त्रले ध्यान पुर्याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आईरहेको बताए।
उनले सरकार दुख पर्दा बोल्नु पर्ने जिकिर गर्दै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए। उनले आफुले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि १६ प्रतिशत बैक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा आफु त्यसको बिरोधमा उत्रीने प्रतिबद्धता ब्यक्त गरे। उनले देशलाई लुट्ने थलो बनाइएको आरोप लगाउदै प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताए।
भण्डारीले नेपालमा किसानहरुले फुल लगाउने समयमा लगाएपनि बेच्ने बेलामा बाहिरबाट आएको फुलले बजार खाँदा नेपाली उत्पादनले बजार नपाएर फुल फाल्नुपर्ने अवस्था आएको बताए। उनले रुपन्देही सबैभन्दा बसाइसराई भएर आएको ठाउँ भएको बताउदै सबैलाइ ब्यवस्थापन गर्नुपर्ने चुनौती थपिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए।
राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै उनले अहिलेकोअवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको बताए।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले नेपालका नेता खराब नभएपनी नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्त्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको बताए।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू छन् ।