अर्घाखाँचीको अड्गुरीमा देउसी भैलोमा उठेको रकमबाट बिधालयमा अक्षयकोष स्थापना

माधव बेल्वासे / अर्घाखाँची ।

देउसिभैलो खेलेर उठेको रकमबाट  विभिन्न खालका भोज भतेर र तथा मनोरञ्जन गरेर खर्च गर्ने परिपाटिलाइ रचनात्मक  र सामाजिक क्षेत्रमा पनि परिचालन गर्न सकिन्छ भन्ने सन्देश दिदै स्थानीय भैलोबाट उठेको रकमबाट बिधालयमा अक्षयकोष स्थापना गरिएको छ ।

पाणिनी गाउँपालिकाको वडा न. ७ झन्द्रेकका युबाहरुले यस्तो उदाहरणीय कार्य गरेका हुन ।

तल्लागाउ झन्द्रेक भैलो समुहका युबाहरुले आफुहरु देउसी भैलो खेलेर जम्मा गरेको रकमको ५० प्रतिशत रकम सोही स्थानमा रहेको जनसेवा माध्यमिक बिधालयमा उत्कृष्ट हुने बिद्यार्थीलाई बितरण गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्न आज एक कार्यक्रमका बिच नगद २० हजार बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासेलाइ हस्तान्तरण गरिएको हो ।

उक्त रकमबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष उत्कृष्ट बिद्यार्थीहरुलाइ प्रेरणा दिन उक्त रकम खर्च गरिने देउसिभैलो समुहका सदस्य गोबिन्द बि. क. ले जानकारी दिनुभएको छ ।

अक्षयकोषको रकम वृद्धि गर्दै शैक्षिक क्षेत्रमा योगदान गर्न र सस्कृतिको जगेर्ना गर्न आफुहरु लागिरहने समुहका सदस्य प्रकाश प्युठानिले बताउनु भएको छ ।

रकम ग्रहण गर्दै बिधालयका प्रधानाध्यापक बेल्वासेले यसरी शैक्षिक उन्नयनका लागि युबाहरुले गरेको उदाहरणीय कार्यका लागि धन्यवाद ज्ञापन गर्दै यस्तो कार्यबाट अरुलाइ पनि सामाजिक कार्यमा लाग्न प्रेरणा मिल्ने बताउनु भएको छ ।

कार्यक्रममा पाणिनी गाउँपालिका वडा न. ७ का वडा सदस्य प्रेम थापा र भैलो समुहका सदस्यहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *