सुदर्शन पन्थ, भदौ ३१ गुल्मी ।
गुल्मीमा अनेरास्ववियुको जिल्ला कमिटी गठन भएको छ ।
भाद्र २८ र २९ गते भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औं अधिवेशनबाटबाट ४१ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटी गठन भएको हो जसको अध्यक्षमा आशिष गौतम ,उपाध्यक्ष कालीगण्डकी गाउँपालिकाबाट निलकण्ठ पाण्डे, रेसुङ्गा नगरपालिकाबाट प्रदिप भण्डारी , आर्जु बिस्ट , सचिव निशान टण्डन, सहसचिव प्रदिप ज्ञवाली र कोषाध्यक्षमा सिर्जना गिरि निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष नारायण घर्ती , प्रदेश कमिटी अध्यक्ष सन्तोष पाठक , सचीव रमेश ढकाल , २०० जना विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै पार्टी अध्यक्ष बाल सिहं काउछाले जुन अवस्थामा अहिलेको जिल्ला कमिटी छ यसलाई गतिशील बनाउनको लागि अहिले गठन भएको कमिटीले अग्रसर भएर काम गर्नेमा आफू पुर्ण विश्वस्त रहेको र पार्टीले अगाडि सारेको मिसन ८४ लाई सफल बनाउदै चुवामा विजय प्राप्त गर्नको लागि सहयोग गर्ने कुरामा आशावादी रहेको पनि उल्लेख गर्नु भएको थियो।
यस्तै कार्यक्रममा बोल्दै नव निर्वाचित कमिटी अध्यक्ष आशिष गौतमले विगत १५-२० वर्ष देखीको विद्यार्थी आन्दोलनले जुन रुपमा गति लिनु पर्ने हो त्यो हुन नसकेको र विद्यार्थीका अत्यावश्यक मागहरु पूरा गर्न नसकिरहेको अवस्थामा नव गठित कमिटी जति सक्दो छिटो माग पूरा गर्ने बाटोमा अग्रसर हुने बताउदै ६ महिना भित्र क्याम्पस कमिटी, विद्यालय कमिटी लगायतका सम्पुर्ण कमिटीहरुको गठन गरि अगाडी बढ्ने बताउनु भयो। साथै प्राइभेट विद्यालयहरुले अचाक्ली रुपमा बढी शुल्क लिने गरेको र सरकारी विद्यालयमा पनि सरकारी निकायबाटै हुने गरेको अनियमितताको विरुद्ध अनेरास्ववियुको जिल्ला कमिटी खरो रुपमा अगाडि बढ्ने बताउनु भएको थियो ।