गुल्मीको सत्यवतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

दिपा पन्थ, मंसिर २९ गुल्मी।

सत्यवती गाउँपालिका गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।


गाउँपालिकामा यहि मंसिर २६ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार चालू शौक्षिक सत्रमा नियमित रूपमा अध्ययन गर्ने छात्र र छात्राहरु बीच आ आफ्नो समुहमा गाउँपालिका भित्र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

प्रतियोगिता यहीँ पौष ९,१० र ११ गते सत्यवती गाउँपालिकाको खेल मैदान वडा नं. ६ को खल्लुका रुखमा संचालन हुनेछ । प्रतियोगितामा भलिबल, कब्ड्डी, हाईजम्प,लङ्गजम्प, त्रिपलजम्प , सट्पुट , ज्याभलिङ थ्रो, दौड १०० मिटर ,२००मिटर,४००मिटर, ८००मिटर र १५००मिटर हुने छ भने १०० मिटरको रिले दौड प्रतियोगिता पनि हुनेभएको छ ।

गाउँपालिकाले हिजो बिहिवार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय ( मा.वि र नि.मा.वि )मा अध्ययन गर्ने विद्यार्थीहरुलाई अनिवार्य सहभागी गराउन विद्यालयलाई अनुरोध गरेको छ ।

अन्य थप जानकारीको लागि सूचना हेर्न सक्नुहुन्छ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *