गुल्मी जिल्ला बजार अनुगमन तिव्र, जिल्लाका सबैजसो ठाउँका पसलहरू अनुगमन गरिने

सुदर्शन पन्थ, भदौ  २८ गुल्मी ।


गुल्मीमा बजार अनुगमन गरिएको छ।

बिहिवार घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले संयुक्त रुपमा जिल्लाको सिर्सेनी, बांझकटेरी, सिमलटारी, अर्खबाङ्ग, घमिर लगायतका क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरेको हो।

अनुगमनको क्रममा कतिपय पसलहरुको कागजपत्र नमिलेलो , बिना दर्ता संचालन गरेको, इजाजत बिना मदिरा बेचेको साथै होटेलहरुमा सरसफाइको अवस्था कम्जोर पाइएको थियो। अनुगमनकै क्रममा वस्तु, म्यालपोखरी लगायतका ठाउँबाट म्याद नाघेका सामाग्री गरिएको र जफत सामाग्रीहरु प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिने कार्यालय प्रमुख राजिव अर्यालले बताउनु भयो।

गुणस्तरीय सामाग्री उपभोग गर्न पाउने उपभोक्ताको हकलाई मध्यनजर गर्दै गुल्मी जिल्लामा बिगत केही दिन देखि बजार अनुगमन गर्दै आइएको छ। मंगलबार सदरमुकाम तम्घासका २० वटा पसल , बुधबार मदाने र धुर्कोट गाउँपालिका रहेका पसल र हिजो मदाने र मालिका गाउँपालिकामा रहेका गल्ला तथा किराना पसल, होटल , फेन्सी लगायतका विभिन्न ५० पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता त्रि विक्रम ज्ञवालीले जानकारी दिनुभयो।

मंगलबार सदरमुकाम क्षेत्रबाट २४ हजार ५ सय ८५ रुपैया बराबर सामन जफत गरिएको थियो। नियमविपरीत व्यवसाय संचालन गर्ने वा प्रक्रिया नपुर्याइ व्यवसाय संचालन गर्नेलाई पहिलो पटकमा सम्झाएको र दोस्रो पटक पनि सोही गल्ती दोहोर्याए नियमअनुसार कारवाही गर्ने र कार्यालयले सदरमुकाममा मात्रै नभएर अझै केही दिन जिल्लाका सबैजसो ठाउँका पसलहरू अनुगमन गर्ने कार्यालय प्रमुख अर्यालले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *