मंसिर २७ पाल्पा/भुवन रायमाझी:
पाल्पाको रैनादेवी छहरा ४ छहराले युवाहरुलाई सिलाई मेशिन प्रदान गरेको छ ।
वडापालिकाले युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले युवा लक्षीत कार्यक्रम मार्फत छहराका युवाहरुलाई व्यवसायिक र अत्मनिर्भर बनाउन, सिलाइ कटाई, सम्बन्धी साम्रगी प्रदान गरेको हो ।
आज वडा कार्यालयमा एक कार्यक्रमका बिच दलित आर्जन अन्तर्गत १ जनालाई जुत्ता सिलाउने मेशिन तथा १ जनालाई कपडा सिलाउने मेशिन प्रदान गरिएको छ ।यस्तै ४ नम्बरका जनजातिलाई ठूलोनाचका पोशाक तथा बध्यबाजन समाग्री समेत बितरण गरिएको थियो ।
साम्रागी हस्तान्तरण गदै वडा अध्यक्ष गोविन्द रायमाझीले युवामैत्री गतिविधि र कार्यक्रम ल्याएर युवालाई समृद्ध नेपालको अभियन्ता बनाउन स्थानीय सरकार लागेको बताउदै सिलाईकटाई व्यवसाय आम्दानीको लागी बलियो भरपर्दो र दिगो स्रोत भएको हुदा यस्ता साम्रागी बितरण गरेको बताउनुभयो ।
आदिवासी जनजातिहरुको संस्कार, सस्कृति र परम्पराको जगेर्ना गरि जनजातिका भाषा, सस्कृति र परम्पराको जगेर्ना गर्दै सीपलाई आयआर्जनसँग जोड्न सके आदिवासीको पहिचान स्थापित हुने समेत अध्यक्ष रायमाझीले बताउनु भयो ।
संस्कृती संरक्षण गर्न मादल बासुरी लगाएतका पहिचान बोकाका पोशाक समेत प्रदान गरिएको थियो ।कार्यक्रममा कार्यापालिका सदस्य नारायणी गहतराज वडा सदस्यहरु दान बहादुर थामी वडा सचिव बिशाल पौडेल लगाएतको उपस्थीत रहेको थियो ।