साबित्रा पौडेल, मंसिर २७ गुल्मी।
साजपुर आधारभुत बिधालय ठुलोलुम्पेक गुल्मीले स्वर्ण महोत्सव गर्ने भएको छ। बिधालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव यहीँ मंसिर २९ गते देखि पौष १ सम्म हुने भएको हो।
स्वर्ण महोत्सवको अवसरमा प्रत्येक दिन फरक फरक कार्यक्रम हुने बिधालयले जनाएको छ।
यहीँ मंसिर २९ गते बिहान १० बजे बाट बाजागाजा सहित सुरु हुने महोत्सवमा लुम्बिनी प्रदेश सभा अध्यक्ष तारा थापाको प्रमुख आतिथ्यता रहने छ।
महोत्सवको दोस्रो दिन लुम्बिनी प्रदेश सभा सदस्य यमू गैरे तथा पुष १ गते लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डे प्रमुख अतिथिको रुपमा रहनु हुने छ।
महोत्सवमा भूमिदाता,अक्षयकोष दाता,चन्दादाता तथा भुपु शिक्षकहरुलाई सम्मान गरिने बिधालय व्यवस्थापन समिती अध्यक्ष हुमिमाया सिंजापतीले जानकारी दिनुभयो।
स्वर्ण महोत्सवमा राष्ट्रिय कलाकारहरु सुदिप सिंजाली, अस्मिता डल्लाकोटी, बिष्णु सिंजाली मगर लगायत स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने बिधालयका प्रधानाध्यापक भुपाल तरामुले बताउनुभयो।
यस्तै, अन्तर बिधालय हाजिरी प्रतियोगिता, सोरठी नृत्य प्रतियोगिता, स्वागत नृत्य स्थानिय कलाकारहरुबाट झाकी प्रदर्शन, बिधार्थी बाट नृत्य प्रस्तुती लगायत विबिध कार्यक्रमहरु हुने छन।