लुम्बिनी प्रदेश :महिला निजामती कर्मचारीहरुलाई महिनावारीमा बिदा

मंसिर २७ गुल्मी/दिपा पन्थ :

लुम्बिनी प्रदेश सरकारले महिला निजामती कर्मचारीहरुलाई महिनावारी (पिरियड) मा बिदा दिने भएको छ।

प्रदेश सभाबाट पारित मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको हो ।

प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ ।

महिलाहरुलाई दिने विभिन्न बिदाहरु मध्ये अब प्रदेशले महिनावारी बिदा दिने निर्णय गरेको छ महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *