साबित्रा पौडेल मंसिर २६ गुल्मी
गुल्मीको गुमिदरबार गाउँपालिका गुल्मीमा एकीकृत घुम्ती शिविर संचालन भईरहेको छ।
गाउँपालिका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु वडा तहबाटै प्रदान गरिने उद्देश्यले यहीँ मंसिर २४ गतेदेखी शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताउनुभयो।
मंसिर २४ गतेदेखी संचालन भएको घुम्ती शिविर आजसम्म गाउँपालिकाका तीन वटा वडामा गरी ८६२ जनाले सेवा लिएका छन ।
जसअन्तर्गत पहिलो दिन एक नं वडा कार्यालय बलिथुममा सेवा प्रदान गरिएको थियो। बलिथुममा संचालित शिविरमा १९२ जनाले सेवा लिएका थिए।
जसमध्ये योजना सम्झौता १६,जेष्ठ नागरिक प्रमाणपत्र ५,अपाङ्ग परिचयपत्र ५,स्वास्थ्य सेवा ५६,पशु औषधी वितरण ८०,व्यवसाय नबिकरण दर्ता २८ र २ जनाले माटो परिक्षण गराएका उपाध्यक्ष्य तारा थापा ढेंगाले जानकारी दिनु भयो ।
यस्तै दोस्रो दिन दुई नं वडा कार्यालय जुभुङ्गमा संचालित शिविरमा योजना सम्झौता २३,जेष्ठ नागरिक प्रमाण पत्र १८७,अपाङ्ग परिचयपत्र ४,स्वास्थ्य सेवा ११०,पशु औषधी वितरण १०६,व्यवसाय नबिकरण दर्ता ४४ र माटो परिक्षण २ गरी जम्मा ४७६ जनाले सेवा लिएका थिए।
यसैबिच आज तीन नं वडा कार्यलय राजामा सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष सरोज थापाले बताउनुभयो।
जसमध्ये १७ जनाले योजना सम्झौता गराएका थिए। जेष्ठ नागरिक प्रमाण पत्र २८,अपाङ्ग परिचयपत्र ३,स्वास्थ्य सेवा ७०, पशु औषधी वितरण ५७ तथा व्यवसाय नबिकरण दर्ता ६ र नौ जनाले माटो परिक्षण गराएका अध्यक्ष थापाले बताउनुभयो।