मंसिर २५ गुल्मी।
गुल्मी चन्द्रकोटको चक्रेश्वर मेलामा आज एकैदिन ७ हजार बढी दर्शकले मेला अवलोकन गरेका छन । बाला चतुर्दशीको अवसरमा मेला आयोजना गरिएकाले धार्मिक लगायत मनोरञ्जनका कार्यक्रम हेर्न उल्लेख्य सहभागीता रहेको आयोजक उदय शान्ती युवा क्लबका अध्यक्ष अर्जुन थापाले बताउनुभयो । एतिहासिक चक्रेश्वर मेलामा आज राष्ट्रिय कलाकारहरु रचना रिमाल, अस्मिता डल्लाकोटी, सुमन परियार, दिनेश काफ्ले लगायतका कलाकारले प्रस्तुती दिनुभएको छ भने कार्यक्रमको संचालन भुवन भुसालले संचालन गर्नुभएको थियो ।
सस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुसिला श्रीपाली ठकुरीले उदघाटन गरेको मेलामा संविधान सभा सदस्य सिर्जना तरामु, जिल्ला समन्वय समिती गुल्मीका अध्यक्ष द्रोण खत्री, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केशी, उपाध्यक्ष बिष्णु भण्डारी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम उदघाटन गर्दै राज्यमन्त्री ठकुरीले चन्द्रकोट क्षेत्रमा पर्ने टिमुरे, चक्रेश्वर, दिब्रुङ्ग लगायतका पर्यटकिय क्षेत्रको बिकासमा आफुले ध्यान दिने वचन दिनुभयो ।
भोलि २६ गते प्रकाश दुतराज, एलिना चौहान, सपना गाहा, लालुमाया कुंवर, मैना रेश्मी लगायतको प्रस्तुती रहने छ । मेलामा भलिबल, ब्याटमिन्टन लगायतका खेल प्रतियोगिता समेत चलिरहेको छ ।