साबित्रा पौडेल , फागुन २८ गुल्मी ।
उदय माध्यमिक बिधालय चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर गुल्मीमा गठित बिद्यार्थी एकता युवा क्लबले बिधालयभित्र रहेका कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लबले एक कार्यक्रमका बीच बिधालयमा अध्ययनरत कक्षा १ देखी ५ कक्षा सम्म अध्ययनरत गरीब तथा जेहेन्दार ५ जना बिद्यार्थीलाई एक कार्यक्रमका बिच शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा क्लबका अध्यक्ष हिम्मत पुनको अध्यक्षता रहेको थियो ।
बिधालय शिक्षक अभिभावक संघका अध्यक्ष तेजबहादुर
थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशिस्ट अतिथि शिक्षक अभिभावक संघका सदस्य सुरेन्द्र शर्मा , बिधालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिधालयका भूपू प्रधानाध्यापक कोमलनाथ न्यौपाने , शिक्षक गोपाल प्रसाद शर्मा , क्लबकी सक्रिय सदस्य सुस्मा गौतम लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्लबकि सदस्य गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रमको संचालन क्लबका उपाध्यक्ष मनिस अधिकारीले गर्नुभएको थियो ।
शुभकामना मन्तव्य राख्दै उहाँले बार्षिक परीक्षा नजिकिदै गरेको र बिद्यार्थीले राम्रो अंक ल्याएर उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिधालयक प्रधानाध्यापक न्यौपानेले शैक्षिक सामग्री वितरणले बिद्यार्थीको आत्मविश्वास बढेको बताउनुभयो ।
बिधालयमा गठित बिद्यार्थी एकता युवा क्लबले गत बर्षदेखी यो कार्यक्रमको संचालन गरेको र यस बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिईएको उहाँको भनाई छ।
क्लबमा गत बर्ष एस एल सि दिएका बिद्यार्थीहरु सामेल छन ।
क्लबका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष पुनले शैक्षिक सामग्री नपाएका बिद्यार्थी निराश नहुन तथा एकदिने पालो सबैको आउने बताउदैँ कार्यक्रमको समापन गर्नुभएको थियो ।