राष्ट्रिय सभा अध्यक्षको लागि चुनाव आज

फागुन २९ , गुल्मी ।

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो।

आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ ।

यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरे पनि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो ।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन्। यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन्।

यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन्।
राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *