इस्लाम धर्मावलम्बीको ईद पर्वको अवसरमा भोलि देशभर सार्वजनिक बिदा

साबित्रा पौडेल , चैत २८ गुल्मी ।

नेपाल सरकार गृह मन्त्रालयले ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व ईद ( ईद-उल फित्र) को अवसरमा यहीँ चैत २९ गते बिहीवार ( भोलि ) गृह मन्त्रालयले देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

मन्त्रालयले २०८९ /१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भोली सार्वजनिक बिदा भएको जानकारी गराएको छ ।

ईद पर्व महिना दिनसम्म व्रत र प्राथना गरिने रमजान महिनाको अन्त्यसङ्गै मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *