चन्द्रकोट गुल्मीले मंसिर २५ गते बालाचतुर्दशीको अवसरमा बिदा दिने

मंसिर २३ गुल्मी,साबित्रा पौडेल:

चन्द्रकोट गाउँपालिका गुल्मीले बालाचतुर्दशी तथा शतबीज छर्ने पर्वको अवसरमा यहीँ मंसिर २५ गते सोमबार स्थानीय विदा दिने भएको छ।

गाउँपालिकाले एक सुचना जारी गर्दै चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्त्व बोकेको बालाचतुर्दशीको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालले जानकारी दिनुभयो।

बालाचतुर्दशीको अवसरमा चक्रेश्वर, दिवरुङ्ग लगायतका स्थानमा साँस्कृतिक मेला लाग्ने भएकाले गाँउ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवं सम्पुर्ण सरकारी कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज केसिले जानकारी दिनुभयो।

यसैबिच चन्द्रकोट गाउपालीका अध्यक्ष युवराज केशीले बालाचतुर्दशीको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै ठुलो पर्व भएकाले सबैलाई चक्रेश्वर मेला भर्न अनुरोध गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *