रगतको अभावले भरतपुर अस्पातालमा भौतारिदै छत्रकोटका खिम बहादुर

मंसिर २३,गुल्मी ,दिपा पन्थ:
अस्पतालमा रगतको अभाव हुँदा बिरामीको उपचारमा समस्या परेको छ।
गुल्मीको छत्रकोट गाउँपालिका ३ नरमका खिम बहादुर खासुले यतिबेला बि पि कोइरला मेमरियल क्यान्सर अस्पताल भरतपुरमा आमाको उपचार गराइरहनु भएको छ ।
आमाको उपचारको लागि १० पोका A+ve रगत चाहिने भएकाले खासुले धेरै कोशिस गर्दा पनि रगत जुटाउन नसकिएको गुनासो गर्नुभएको छ ।
खासुले आमाको उपचारको लागि रगत जुटाइदिन आग्रह गर्नुभएको छ ।
उहाँ भन्नु हुन्छ ” ब्लड बैंकमा गयो ब्लड डोनर खोज भन्छ जुन एक पोका बराबर एक जना डोनर खोज्नु पर्ने १० पोका को लागि १० जना डोनर खोज्नु पर्ने जुन कि हाम्रो लागि भरतपुरमा सम्भव नै भएन त्यसैले मैले जुन सास्ती भोगिरहेको छु त्यो कुनैपनि महानुभबहरुले भोग्न नपरोस र छत्रकोट बासिले भरतपुरमा उपचार गराउदा ब्लडको कारणले कसैले पनि अकाल मै ज्यान गुमाउन नपरोस”
खासुले मेरी आमाको उपचार साथै कोही पनि छत्रकोट बासीको उपचारको लागि गाउँपालिका वा अन्य निकायले रगतको अभाव हुन नदिए बिरामीको उपचारमा ठुलो राहत मिल्ने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *