औँशा कीराकाे प्रकाेपका कारण बाग्लुङमा सुन्तला उत्पादन घट्यो,

साबित्रा पौडेल, मंसिर २३ गुल्मी।

बाग्लुङमा यस बर्ष औँशा कीराकाे प्रकाेपका कारण  सुन्तला उत्पादन घटेको छ।

सुन्तला पकेट क्षेत्र सिगाना,बिहुँ, सर्कुवा लगायत गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढीरहेको र यस बर्ष पनि ति स्थानहरुमा औँशा कीराको सङ्क्रमण देखिएको छ। औँशा कीराको सङ्क्रमणले उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन।

सुन्तला बढी उत्पादन हुने सिगाना, बिहुँ र सर्कुवा लगायत क्षेत्रमा औँशा कीराको सङ्क्रमणले सुन्तला झर्न थालेपछि उत्पादनमा गिरावट आएको हो । बजेट अभावमा औँशा कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय बाग्लुङमा सुन्तला उत्पादनमा कमी आएको र बोटमा नै कीरा लागेर भुइँमा सुन्तला झर्न थालेको कृषकहरुले बताएका छन।

अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका किसान फल झरेपछि मर्कामा परेका छन्।

जिल्लाको धेरै सुन्तला उत्पादन हुने क्षेत्रमा औँशा कीराले दु:ख दिन थालेको कृषि ज्ञान कृषि ज्ञान केन्द्र बाग्लुङले जनाएको छ।

सुन्तला लगायत अमिलो प्रजातिका अन्य फलफूलमा पनि औँशा कीराको सङ्क्रमण देखिएपछी कृषि ज्ञान केन्द्र बाग्लुङले बगैँचामा पुगेर त्यसको अध्ययनका साथै रोकथाम र व्यवस्थापनबारे सचेत गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *