गुल्मी–काठमाडौँको हवाई भाडा वृद्धि

बैशाख २७,गुल्मी । गुल्मी–काठमाडौंको हवाई भाडा बढेको छ। हवाई इन्धनको मूल्य बढेपछि बढेको भाडा दरअनुसार अब गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०१ रुपैयाँ भाडा कायम भएको रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

यसअघि गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो। हाल गुल्मीमा नेपाल एअरलाइन्सको ट्विनअटर जहाजले साप्ताहिक तीन उडान गर्दै आएको थियो।

विमानस्थलबाट यात्रुको चापलाई मद्देनजर गर्दै एक दिन उडान थप गरिएको छ। विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको थियो।

अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चारपटक उडान गरिने भएको हो। विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *