आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तर्जुमाका लागि छत्रकोटमा सुझाव संकलन

जेठ २६ , गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमाका लागि सुझाव संकलन तथा छलफल गरेको छ।

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमाका लागि गाउँपालिकाले सुझाव संकलन तथा छलफल गरेको हो।


आगामी आर्थिक वर्ष २०८१/८२ को छत्रकोटको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन गरिएको हो ।

गाउँपालिकाले उद्योग, व्यापार, पर्यटन, कृषि, वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विषयमा प्रतिनिधि तथा विज्ञसँग छलफल तथा सुझाव संकलन गरेको हो।

सुझाव संकलन तथा छलफल कार्यक्रममा उपस्थिति सबैले आ-आफ्नो विचार राख्नुभएको थियो।
उँहाहरुले उचित मर्मत सम्भारको अभावमा एकपटक निर्माण गरिएका भौतिक पुर्वाधारहरुमा पटक-पटक बजेट खर्चिनुपरेको बताउदै ध्यान पुर्याउन सुझाव दिनुभएको थियो।

यस्तै, नयाँ नीति तथा कार्यक्रममा उद्योग दर्ता तथा नवीकरणमा सहजीकरण गर्ने व्यवस्था गरिनुपर्ने, महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

सुझाव सङ्कलन तथा छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पान्डेले बजेट प्रणाली एवम नीति तथा कार्यक्रमलाई समावेशी र सबैको अपनत्व हुने गरी निर्माण गर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *