माधव ज्ञवाली, गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा एक बालिकामाथि यौनजन्य हिंसा भएको छ। गत शनिबार वडा न.२ मा अवस्थित भरेक आधारभुत विद्यालयमा अध्यनरत १४ बर्षिया बालिका माथि सामुहिक रुपमा यौनजन्य हिँसा भएको हो।
पिडित बालिकाको परिवारका सदस्यका अनुसार पीडित बालिका शनिबार बाटोमा एक्लै हिडिरहेको अवस्थामा ४/५ जनाको समुहमा आएका युवाहरुले ती बालिकालाई नजिकैको जंगलमा लगेर यौनजन्य हिँसा गरेको आरोप लगाएका छन् ।
बालिका माथी भएको यौनजन्य हिँसा बलात्कार हो या होईन यसबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। वडा न.२ का वडा अध्यक्ष घनश्याम अर्यालका अनुसार आइतबारदेखि नै प्रहरीले घटनाको बारे अनुसन्धान सुरु गरिसकेको र त्यसको रिपोर्ट छिट्टै आउन सक्ने आश्वासन प्रहरीबाट आएको छ। घटनाको बारे इलाका प्रहरी कार्यालय रिडीले अनुसन्धान गरिरहेको वडा अध्यक्ष अर्यालले बताउनुभएको छ।