गुल्मीको ग्वादी घटना प्रकरण:प्रहरी भन्छ,घटना सामान्य हो,अनुसन्धान जारी छ

माधव ज्ञवाली गुल्मी । रुरुक्षेत्र २ ग्वादिमा १४ बर्षिया बालिका माथी गत शनिबार सामुहिक यौनजन्य हिँसा भएको खबरले यतिबेला जताततै सनसनी मच्चाइरहेको छ।

सामाजिक संजाल मार्फत यतिबेला धेरैले घटनाको बारे निष्पक्ष छानबिन हुनुपर्ने दबाब दिइरहेका छन् ।
तर जिल्ला प्रहरी कार्यालय तम्घास गुल्मीले घटना सामान्य भएको जानकारी दिएको छ। प्रहरीले बालिकामाथि भएको यौनजन्य हिँसा सामान्य भएको र यसबारे अनुसन्धान गरिरहेको रेडियो श्रृङेश्वरलाई जानकारी दिएको छ।


आरोपित ब्यक्ति पत्ता लागिसकेको र पक्राउ गर्न बाकी रहेको पनि प्रहरीले बताएको छ। पक्राउ गरेपछि थप अनुसन्धान हुने प्रहरीको भनाई छ।


तर बालिकामाथि भएको यौनजन्य हिँसालाई प्रहरीले सामान्य भन्नुले घटनाको अनुसन्धान माथी धेरैले संका गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *