रिब्दीकोटको एकिकृत घुम्ती शिविर,वडामै सेवा पाउँदा नागरिक खुशी

भुवन रायमाझी

पाल्पाको रिब्दीकोट गाउँपालिकाले गाउँ गाउँमै गएर नागरिकलाई एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ।

गाउँपालिकामा आएर गर्नुपर्ने सबै काम वडामै पुगेर सेवा दिएको हो ।

पालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट रिब्दीकोट गाउँपालिका वडा न ७ को मैनादिमा करिव २ सय बढीले बिभिन्न खालका सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

मैनादीको प्रभात माविमा भएको शिविरमा सामान्य स्वास्थ्य परीक्षण ३१ जना राजस्व सम्पत्ती कर संकलन २००१४,६ वडा स्तरीय योजना सम्झौता ४०, घटना दर्ता ३ व्यबसाय दर्ता, १ कृषि फर्म नविकरण १ वाली उपचार परामर्श ७ माटो परीक्षण नमुना संकलन १३ गोवर परीक्षण भैसिको १० जनाले यस्तै पशुहरुलाइ औंषधी वितरण बाख्रा २२१ वटा कुखुरा ८५ वटा सुगुर र बुङुर २ वटा गाई भैंसी ३२ वटा कुकुर १ वटा सहित अन्य सेवा समेत लिएको गाउँपालिका रोजगार सहायक शिव पोखरेलले जानकारी दिनु भयो।

घुम्ती शिविरमा गाउँपालिका र वडा कार्यालयका सबै शाखाहरूबाट हुने काम कारबाही एकीकृत घुम्ती शिविरमा वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको बताउदै पालिका तथा वडा सम्म पुगे सेवा लिन नागरिकलाई अप्ठेरो पर्ने देखिएपछि घुम्ती सेवा संचानमा ल्याइएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो ।

नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने र स्थानीय सरकारको अनुभूति वडा भित्रका नागरिकलाई दिन दिन रात नभनी नागरिककै लागि समय खर्चिने गरेको ७ नम्बरका वडा अध्यक्ष दान बहादुर कुवँरले बताउनु भयो ।

वडास्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूति भएको पालङुमैनादीका स्थानीयहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *