साबित्रा पौडेल, भदौ २२ गुल्मी।
ऋषि पञ्चमीको अवसरमा गुल्मीको छत्रकोट गाउँपालिका लुम्छामा तीज गीत प्रतियोगिता तथा ऋषिपञ्चमी मेला लाग्ने भएको छ।
सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि ऋषि पञ्चमीको अवसर पारी यही भदौ २३ गते लुम्छा बजार गुल्मीमा तीज गीत प्रतियोगिता तथा बृहत ऋषि पञ्चमी मेला लाग्ने भएको हो।
छत्रकोट गाउँपालिका वडा नम्बर ३ को आयोजनामा हुन लागेको तीज गीत प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु ५००० प्रदान गरिनेछ।
यस्तै द्वितीय हुने समूहलाई नगद रु ४००० र तृतीय हुने समूहलाई नगद ३००० प्रदान गरिने वडा नम्बर ३ को कार्यालयले जनाएको छ।
प्रतियोगितामा सहभागी सम्पूर्णलाई नगद रु. १००० का दरले सहभागी पुरस्कार समेत प्रदान गरिनेछ।
प्रतियोगितामा दर्ता शुल्क लाग्ने छैन।
मौलिक कला संस्कृति झल्काउने तीज गीतलाई प्राथमिकता दिइनेछ। भने बाद्यवादनको व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्ने छ।
ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्त्व भएको पर्व मानिन्छ। यस दिनपौराणिक कथन अनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बस्ने चलन समेत रहेको छ।