गुल्मीको छत्रकोटमा महिलाहरुका लागि एक दिने स्वास्थ्य शिविर संचालन हुने

दिपा पन्थ, पौष २२ गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पौष २४ गते मंगलबार महिलाहरुका लागि स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

विभिन्न विशेषज्ञ डाक्टरहरुबाट महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनीङ्ग सेवा, पाठेघर खसेका महिलाहरुको लागि नि:शुल्क रिङ पेसरी सेवा, लामो समयको गर्भान्तरका लागि आई.यु.सि.डि तथा इम्प्लान्ट र महिलाहरुका लागि डाक्टर द्वारा नि:शुल्क जाँच तथा भिडियो एक्सरे लगायत सेवा शिविरमा उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिनुभयो ।

शिविर गाउँपालिकाको वडा नम्बर २ पल्लिकोट स्वास्थ्य चौकीमा २४ गते बिहान १० बजे देखि ४ बजे सम्म संचालन हुनेछ ।
सम्बन्धित महिलाहरुले शिविरमा उपस्थित भई सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *