गुल्मीको पल्लिकोटमा एकीकृत घुम्ती शिविरबाट ७५ जनाले सेवा लिए

साबित्रा पौडेल, मंसिर २० गुल्मी।

गुल्मीको छत्रकोट गाउँपालिकामा संचालन भईरहेको एकीकृत घुम्ती शिविरअन्तर्गत आज पल्लिकोटमा सेवा प्रदान गरिएको छ।

शिविरको पाचौं दिन आज गाउँपालिकाको २ नं वडा कार्यालय पल्लिकोटमा सेवा प्रदान गरिएको हो।

पालिका भित्रका नागरिकको सहजताका लागि संचालन गरिएको शिविरमा आज ७५ जना नागरिकले सेवा लिएका छन।

गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा संचालित शिविरमा आज ३८ जनाले ज्येष्ठ नागरिक परिचय पत्र बनाएका छन।

यस्तै ३३ जनाले अपाङ्ग परिचय पत्र नवीकरण गराएका उपाध्यक्ष ज्ञवालीले बताउनुभयो।
घुम्ती शिविरमा योजना सम्झौता ४ जनाले गराएका छन।

यसैबीच शिविरको अन्तिम दिन अर्थात भोली (बिहिवार) १ नं वडा कार्यालय हुगाँमा सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *