मंसिर २०, गुल्मी।
अवैध सुन कारोबारमा संलग्न एक जनालाई काठमाण्डाैकाे न्युरोडबाट नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई अहिले काठमाण्डाैकाे नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको हाे ।
सुन कति बरामद भएको भन्नेबारेमा प्रहरीले खुलाएको छैन। अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।