स्थानीय तह स्थापना दिवसको अवसरमा गुल्मीको रुरुक्षेत्रमा रक्तदान कार्यक्रम हुँदै

साबित्रा पौडेल, फागुन २२ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै स्थानीय तह स्थापना दिवसको अवसरमा यहि फागुन २७ गते बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

रक्तदान कार्यक्रम गाउँ कार्यपालिकाको कार्यालय प्राङ्गणमा यहि फागुन २७ गते मंगलबार बिहान १० बजेदेखि संचालन हुने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

हेर्नुहोस् गाउँपालिकाद्वारा जारी सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *