
कपिल गौतम, फागुन २० गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बजार अनुगमन गरिएको छ ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, कर्मचारी, नगर प्रहरी पत्रकार तथा सुरक्षाकर्मीको टोलीले आज गाउँपालिकाको ग्रामीण पसलहरूको अनुगमन गरेको हो।
जस अन्तर्गत धोबिघाट, गाङ्दी, काउले, रिमुवा लगायतका पसलहरूमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा सुजी, सोयाबिन, बिस्कुट लगायतका म्याद नाघेका खाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ।
यस्तै अनुगमनको क्रममा दर्ता नभएका व्यवसायीहरू सञ्चालनमा रहेको पाइएको र व्यवसाय नवीकरण नगरेको पाइएको थियो ।
बजारमा हुने कालो बजारी र म्याद गएका सामग्रीहरुको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।