छत्रकोट गाउँपालिकामा महिला लक्षित स्वास्थ्य शिविर संचालन हुँदै

साबित्रा पौडेल , फागुन २३ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा महिलालाई लक्षित गरि स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ५ दिने स्वास्थ्य शिविर हुने भएको हो ।

शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग सेवा , पाठेघर खसेका महिलाको लागि नि:शुल्क रिङ पेसरी सेवा , लामो समयको गर्भान्तरका लागि आई.यु.सि.डि. र ईम्प्लान्ट सेवा , महिलाहरूका लागि डाक्टरद्वारा नि:शुल्क जाँच र भिडियो एक्सरे सेवा लगायतका सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो।

शिविर फागुन ३० गते दौघा स्वास्थ्य चौकी दौघामा , चैत्र १ गते खर्ज्याङ्ग स्वास्थ्य चौकी खर्ज्याङ्गमा , चैत्र २ गते हर्दिनेटा स्वास्थ्य चौकी हर्दिनेटामा संचालन हुनेछ ।

यस्तै, चैत्र ३ गते बोखर सामुदायिक स्वास्थ्य इकाई र चैत्र ४ गते हुँगा स्वास्थ्य चौकी हुँगामा संचालन हुने स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।

शिविर बिहान १० बजे देखि ४ बजेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *