मंसिर १९ गुल्मी,साबित्रा पौडेल:
गुल्मीको छत्रकोट गाउँपलिकामा एकीकृत घुम्ती शिविर संचालन भईरहेको छ।
शिविरको चौथो दिन आज वडा नं ६ को वडा कार्यालय दौघामा सेवा प्रदान गरिएको छ।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा संचालन भएको शिविरमा आज ४२ जना नागरिकले सेवा लिएका थिए।
जसमध्ये १२ जनाले ज्येष्ठ नागरिक परिचय बनाएका थिए। यस्तै अपाङ्ग परिचय पत्र नवीकरण ८ जनाले गराएका थिए भने २ जनाले अपाङ्ग परिचय पत्र बनाएका छन। योजना सम्झौता ११ तथा टोल विकास संस्था दर्ता ९ जनाले गराएका थिए।
यसैबिच भोलि २ नं वडा कार्यालय पल्लिकोटमा एकीकृत घुम्ती शिविर सन्चालन हुने उपाध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो।