
बैशाख २२ ,कालिदास आत्रेय / गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ मोहरेका अग्नी पीडितहरुलाई राहत वितरण गरिएको छ ।
गत १९ गतेको आगलागीबाट पीडित परिवारहरुलाई भौतिक समरचना निर्माण कार्यका लागि गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको तर्फबाट नगद रु १ लाख ३९ हजार र लुम्बिनी फ्रेन्ड सर्कलको तर्फबाट ३० हजार छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मीलाई हस्तान्तरण गरिएको थियोे ।
त्यसैगरी लुम्बिनी प्रदेस सरकारको तर्फबाट गृह मन्त्री दिनेश पन्थी नेतृत्वको टोलिले अग्नी पीडित क्षेत्रको स्थलगत अबलोकन गरेको थियोे । सो अवसरमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डेले पीडितहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट रु ५० हजार र लायन्स क्लब काठमाडौ गुल्मीको तर्फबाट रु २५ वडा अध्यक्ष नारायण रेस्मीलाई हस्तान्तरण गर्नुभएको थियोे । आज संकलन भएको रकम छत्रकोट गाउँपालिकाको निर्णय मुताबिक एक द्वार प्रणाली बाट भौतिक समरचना निर्माण गर्दा वितरण गरिने भएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा गुल्मी दौघा सम्पर्क समाजको तर्फबाट कोषाध्यक्ष गोबिन्द ज्ञवाली, लुम्बिनी फ्रेन्ड सर्कलको तर्फबाट सचीव अर्जुन खनाल र अध्यक्ष पदम न्यौपाने , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे लगाएत ले मन्तव्य राख्दै आफुहरु सधै पीडितको साथमा रहेको बताउनु भएको थियोे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्री दिनेश पन्थीले पीडितहरुलाई धैर्य रहन आग्रह गर्दै प्रदेश सरकारले आफ्नो मापदण्ड अनुसारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्नुभएको थियोे । कार्यक्रममा वडा अध्यक्ष नारायण रेस्मीले सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे । कार्यक्रमको सन्चालन पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवालीले गर्नुभएको थियोे । कार्यक्रममा दौघा रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष सचिब सदस्यहरु र लुम्बिनी फ्रेन्ड सर्कलका सदस्यहरुको उपस्थिति रहेको थियोे ।