पाणिनी गाउँपालिकाद्वारा बिधालय व्यवस्थापन समिति गठन गर्न आग्रह

साबित्रा पौडेल , बैशाख २१ गुल्मी ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका बिधालयहरुमध्ये बिधालय व्यवस्थापन समितिको अवधि सकिएका बिधालयहरुलाई नयाँ बिधालय व्यवस्थापन समिति अनिवार्य रुपमा गठन गरि गाउँपालिकाको कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

गाउँपालिकले आज ( शुक्रबार) एक सूचना जारी गर्दै गाउँपालिकाभित्र रहेका बिधालयहरुमध्ये बिधालय व्यवस्थापन समितिको अवधि सकिएका बिधालयहरुलाई आगामी जेठ ४ गतेभित्रमा नयाँ बिधालय व्यवस्थापन समिति अनिवार्य रुपमा गठन गरि सोको जानकारी गाउँपालिकाको कार्यालयमा गराउन अनुरोध गरेको हो ।

साथै गाउँपालिकाले केही बिधालयमा बिधालय व्यवस्थापन समिति पुर्णता नभएका बिधालयले शिक्षा ऐनको दफा १२ को (१) (क) देखी देखि (ङ) बमोजिम पदाधिकारी छनोट तथा मनोनीत गरि बिधालय व्यवस्थापन समितिलाई पुर्णता दिन समेत सम्पुर्ण बिधालयहरुलाई आग्रह पनि गरेको छ ।

बिधालय व्यवस्थापन समिति पुर्णता नभएका बिधालयको समितिले गरेका निर्णय पनि अमान्य हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

यस्तो छ गाउँपालिकाले जारी गरेको सूचना ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *