साबित्रा पौडेल ,चैत २३ गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जनतासङ्ग गाउँपालिका कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका अपाङ्गता भएका नागरिकसङ्ग भेटघाट गरेको छ ।
गाउँपालिकाले बिहीवार अपाङ्गता भएका नागरिकको घरमै पुगी उहाँहरुसङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिकाले भेटघाट कार्यक्रमको अवसरमा अपाङ्गता भएका नागरिकहरुको माग बमोजिमका सामाग्रीहरु वितरण गरेको थियो । यस्तै उहाँहरुको गुनासो तथा सुझाव संकलन समेत गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालिले बताउनुभयो ।
यस्तै कृषकहरूसंग छलफल तथा जेष्ठ नागरिकसँग छलफल समेत गरिएको थियो ।
गाउँपालिकाले विभिन्न योजनाहरुको अनुगमन समेत गरेको थियो ।
जनतासङ्ग गाउँपालिका कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली , प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे , स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारी , विभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।