साबित्रा पौडेल,चैत २३,गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने जानकारी दिएको हो ।
गाउँ कार्यपालिकाको आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक अवधिमा सम्पादन भएका तथा प्रदान गरिएका विभिन्न सेवा तथा कार्यक्रमहरुको सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम यहीँ चैत ३० गते शुक्रबार हुनेछ ।
कार्यक्रम शुक्रबार बिहान ११ बजेबाट रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवनको प्राङ्गण , घिउबेंसीमा हुने गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रम घिउबेंसीमा हुने भएकालेे गाउँपालिकाभित्र रहेका बासिन्दाले आफ्नो सुझाव , चासो , गुनासो र प्रतिक्रियाका लागि कार्यक्रममा उपस्थिति भइदिन गाउँपालिकाले जारी गरेको सूचनामा आग्रह गरिएको छ ।
साथै गाउँपालिकामा रहेका सबै वडा कार्यालयहरुलाई आफ्नो वडामा रहेका सबै टोल विकास संस्थाका पदाधिकारी सहित आफ्नो टोल विकास समितिको कार्यक्षेत्रका नागरिकलाई कार्यक्रम बारे जानकारी गराई कार्यक्रमको प्रचार प्रसार गर्नु गराउनु हुन तथा सुझाव , चासो , गुनासो र प्रतिक्रियाको लागी कार्यक्रममा उपस्थिति गराउनुहुन समेत अनुरोध गरिएको छ ।