साबित्रा पौडेल, मंसिर १७ गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकामा संचालन भईरहेको एकीकृत घुम्ती शिविर आज ५ नं वडा कार्यालय खर्ज्याङ्गमा सम्पन्न भएको छ।
हिजो दिगामबाट सुरु भएको शिविर आज खर्ज्याङ्गमा सम्पन्न भएको हो।
गाउँपालिका उपाध्यक्ष्य साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको शिविरमा आज २९ जना सेवाग्राहिले सेवा लिएका थिए। जसमध्ये ५ जनाले नँया अपाङ्ग परिचयपत्र बनाएका थिए। यस्तै ३ जनाले ज्येष्ठ नागरिक परिचयपत्र सेवा लिएका थिए।
अपाङ्ग परिचय पत्र नवीकरण ३ जना तथा योजना सम्झौता २ जनाले गराएका थिए।
यसैबिच भोली (सोमबार) गाउँपालिकाको ३ नं वडा हर्दीनेटामा संचालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनले जानकारी दिनुभयो।