रुरुक्षेत्रले महिलालाई ड्राईभिङ्ग तालिम दिने,

साबित्रा पौडेल, मंसिर १७ गुल्मी।


रुरुक्षेत्र गाउँपालिका गुल्मीले महिलाहरुलाई ड्राईभिङ्ग तालिम दिने भएको छ।


लुम्बिनी प्रदेश सरकारको बिशेष कार्यक्रम अन्तर्गत गाउँपालिकाले पालिका भित्रका अती विपन्न, दलित तथा सिमान्तकृत वर्गका महिलालाई ड्राईभिङ्ग तालिम दिने भएको हो।

गाउँपालिकाले एक सुचना जारी गर्दै ईच्छुक महिलाहरुलाई गाउँपालिकामा आवेदन पेश गर्न अनुरोध गरेको छ।


साथै, आवेदन पेश गर्न आउँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,फोटो, उपलब्ध भएमा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र सवारी चालक अनुमतिपत्रको प्रतिलिपी तथा सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्न पर्नेछ।


यसैबिच, सुचना निकालेको १५ दिनसम्म ईच्छुक महिलाले अावेदन दिन सक्ने प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *