सुनको भाउ ह्वात्तै बढ्यो, तोलामा एक लाख २० हजार ८ सय

मंसिर १७ गुल्मी।

सुनको मुल्यले आज फेरी नयाँँ रेकर्ड कायम गरेको छ।

सुन आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ।

सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो। यसअघि शुक्रबार सुन तोलामा एक लाख १९ हजारमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ। सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताउनुभयो।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ।
आज चाँदी तोलामा एक हजार ५ सय ४५ रुपैयाँमा पुगेको छ। शुक्रबार चाँदी एक हजार ५ सय ४० रुपैयामा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *