रुरुक्षेत्र गाउँपालिकामा नि:शुल्क लोक तथा शिक्षक सेवाका कक्षा सञ्चालन हुँदै

सुदर्शन पन्थ, पुस १९ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नि:शुल्क लोक सेवा तथा शिक्षक सेवाका कक्षा सञ्चालन गर्ने भएको छ।


गाउँपालिकाले बिहीवार एक सुचना जारी गर्दै पालिका भित्रका जनशक्तिको क्षमता विकास एवं सरकारी सेवामा प्रवेशको निःशुल्क पुर्व तयारी कक्षा संचालन गर्ने जानकारी गराएको हो ।


सुचनामा योग्यता पुगेका रुरुक्षेत्र गाउँपालिकाबासी ईच्छुक व्यक्तिहरुले पन्ध्र दिन भित्र पालिकाले तोकेको कागजात सहित शिक्षा युवा, तथा खेलकुद शाखामा निवेदन पेश गर्न आग्रह गरिएको छ।


लोकसेवा आयोग अन्तर्गत सहायकस्तर चौथो तथा पाँचौ र शिक्षक सेवा आयोग अन्तर्गत आधारभूत तहको स्थायी अध्यापन अनुमति पत्र एवं आधारभूत तहको शिक्षकका लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने छ।


थप जानकारीको लागि पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न सकिने प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भएको छ।

यो गाउँपालिकाको नयाँ र पृथक कार्यक्रम भएकोले प्रभावकारी हुने कुरामा आफू विश्वस्त रहेको शिक्षा अधिकृत तेज बहादुर कुमालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *