
पुष १८, गुल्मी ।
‘के छ र हजुर’ बाट भाइरल भएका बाल गायक सचिन परियारको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन
उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार सचिन अस्पताल भर्ना भएका थिए।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको मागसमेत गरेको थियो।
उनले गाएका गीतहरू समाजिक सञ्जालमा सहजै भेटिन्छन् ।
भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका ओठ खोलेर, के छ हजुर, ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘बरको छाँयाले’ लगायतका गीताहरु समाजिक सञ्जालमा भाइरल छन्।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए।