माघ१९, गुल्मी ।
रूरूक्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरणमा सुशासन प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शाखा प्रमुख तथा वडा सचिव र कार्यपालिका सदस्यहरूको लागि लक्षित अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं चिनका लागि नेपाली राजदूत लिलामणी पौड्यालको प्रमुख आतिथ्यता र सह सचिव डा. नारायण प्रसाद रेग्मीजको विशेष आतिथ्यता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यक्रमको औचित्य, आवश्यकता गाउँपालिकाका असल अभ्यास माथी प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा सुशासन प्रवर्द्धन सम्बन्धी कार्यपत्र उप सचिव अश्विन कुमार पोख्रेलले प्रस्तुत गर्नुभएको थियोे भने शुसासनका असल अभ्यास सम्बन्धी कार्यपत्र उप सचिव आरती न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी पूर्व मुख्य सचिव लिलामणी पौड्यालले स्थानीय सरकार र शुसासन विषयमा अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा सह सचिव डा. नारायण प्रसाद रेग्मीले समग्र अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो ।