पाल्पाको मैनादिमा आज सुन्तला महोत्सव हुदैँ

मंसिर १६ गुल्मी।

पाल्पामा पहिलो पटक आज एक दिने सुन्तला महोत्सवको आयोजना गरिएको छ। जिल्लाको रिब्दिकोट गाउँपलिका ७ पालुङ्ग मैनादिमा प्रथम “मैनादी सुन्तला महोत्सव” को आयोजना गरिएको हो।

सुन्तला कृषकलाई उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटनमा समेत टेवा पुर्याउने उद्देश्यले “सुन्तला महोत्सवको” आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष्य नारायण बहादुर कार्कीले बताउनु भयो ।

रिब्दिकोट गाउँपालिका र वडा नं ७ को आयोजना,सुन्तला तथा फलफुल विकास केन्द्र तानसेन, कृर्षि ज्ञान केन्द्र तानसेन, प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना जोन तानसेन र हेफर प्रोजेक्टको सहआयोजनामा यहीँ मंसिर १६ गते अर्थात आज (शनिबार) सुन्तला महोत्सव हुने भएको हो।

सुन्तलाको बजार प्रवर्द्धन र सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको आयोजक रिब्दिकोट गाउँपालिका–७ वडा कार्यालय, पालुङ्मैनादीले जनाएको छ ।
मेलामा सुन्तला खाने प्रतियोगिता, कृषि पर्यटनको नमुना टोल प्रर्दशन, पहिलो व्यावसायिक खेती गर्ने किसान सम्मानलगायतका कार्यक्रम राखिएको छ।

यस्तै, सुन्तलाका स्टल, विभिन्न जातका सुन्तलाका बिरुवा तथा आवश्यक यन्त्र उपकरणको प्रदर्शन, नि:शुल्क माटो परीक्षण, नमुना सुन्तला बगैँचा अवलोकन, सुन्तलाको जुस, जाम, सलाद प्रदर्शन गरिएको छ ।

जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी, यान्त्रीकरण लगायतका विषयमा किसानलाई जानकारी पनि दिइने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभएको छ।

सुन्तला बगैंचामा बेच्दा प्रती केजी ६५ देखि ७० रुपैयाँमा र बजारमा ८० देखि १०० रुपैयाँमा बिक्री गर्दै आइरहेको कृषकहरुले बताएका छन।
मैनादीको सुन्तला सदरमुकाम तानसेन,बुटवल, भैरहवा,पोखरा,काठमाडौँ लगायतका बजारमा पुग्ने गरेको छ।
सिंगो पालिकाबाट यो सिजनमा मात्रै चार करोड बढीको सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *