गुल्मीमा राहदानी लिनेहरुको संख्या बढ्दै,

मंसिर १५, गुल्मी।
गुल्मीमा राहदानी लिनेहरुको संख्या दिनँहु बढीरहेको छ। जिल्ला प्रशासन कार्यालय तम्घासमा राहदानी लिनेहरुको संख्या दैनिक जसो बढदै जाँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको छ । अहिले दैनिक रुपमा २ सय जनाले राहदानी लिनको लागि लाइनमा बस्ने गरेका छन् ।

गुल्मीमा सरदर ४० देखि ५० जनासम्मलाई राहदानीको आवेदन फारम लिन सक्ने जनशक्ति रहेतापनी दैनिक जसो २ सय जनाले राहदानी लिनको लागि लाइनमा बस्ने गरेका छन् ।
प्रशासनमा दैनिक ५० जनासम्मको क्षमता भएपनि कार्यालयल समय बाहेकको समय लिएर भएपनि १ सय जनासम्मले सेवा लिने गरेका छन।


प्रशासनमा एउटा स्टेशनबाट मात्रै राहदानीको आबेदन फारम भर्ने व्यवस्था रहेको छ । तर त्यो क्षमताले गुल्मीको मागलाई परिपूर्ति गर्न सकेको छैन्।
अहिले प्रशासनमा दैनिक जसो २ सय जना लाइनमा बस्ने गरेका छन् । जसले गर्दा अघिल्लो दिनको टोकन समेत वितरण गरिदै आएको छ । यसले गर्दा प्रशासनमा राहदानी वितरणमा जनशक्ति ओभर लोडको कामको भार पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *