माघ १९, गुल्मी ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी संसदीय दलको बैठक बोलाउनुभएको हो ।
बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ ।