दिपा पन्थ, मंसिर १५ गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकामा आज शुक्रबार देखी एकीकृत घुम्ती शिविर संचालन भएको छ।
आजबाट सुरु भएको शिविर २१ गतेसम्म छत्रकोट गाउँपालिकाको सबै वडामा हुने भएको छ।
शिविरको पहिलो दिन आज दिगाममा सेवा प्रदान गरिएको थियो।
छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको अध्यक्षतामा संचालन भएको शिविरमा अपाङ्ग परिचयपत्र वितरण तथा नवीकरण ३३ , टोल विकास संस्था दर्ता ८ र योजना संझौता १० जनाले गराएका छन।
यस्तै, ३८ जना ज्येष्ठ नगरिकलाई परिचयपत्र वितरण गरिएको थियो।
आज बिहान १० बजेबाट शिविर सुरु भएको र शिविरमा जम्मा ८९ जनाले सेवा प्रदान गरेका थिए।
यसैबिच, भोलि (शनिबार) गाउँपालिकाको ५ नं वडा कार्यालय खर्ज्याङ्गमा संचालन हुने प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिनुभयो।