साबित्रा पौडेल, पौष १६ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले उखु कृषकलाई अनुदानमा उखुको बीउ उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रमको उखु प्रवर्द्धन कार्यक्रम सञ्चालन अन्तर्गत कृषकलाई ७० प्रतिशत अनुदानमा उखुको बीउ वितरण गर्ने भएको हो ।
जसको लागि गाउँपालिका अन्तर्गत वडा नं. ३ र ४ भित्रका उखु खेति गर्न ईच्छुक कृषक वा कृषक समुह वा कृषि सहकारी संस्थाहरुले गाउँपालिकामा सम्पर्क गरि अनुदानमा उखुको बीउ प्राप्त गर्न सक्ने गाउँपालिका द्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै , सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र नागरिकता प्रमाण पत्रको प्रतिलिपि,कृषि फर्म वा कृषक समूह वा कृषि सहकारि संस्था दर्ता तथा नविकरण प्रमाण पत्रको प्रतिलिपि एवं वडा कार्यालयको सिफारिस पत्र समेत लिएर आउनुपर्ने गाउँपालिकाले जनाएको छ ।
निवेदनको ढाचा