छत्रकोट गुल्मीले उखु कृषकको अवसर,चुनौती र बजारीकरण सम्बन्धि भोली अन्तरकृया गर्दै

पौष १६ गुल्मी/साबित्रा पौडेल:

छत्रकोट गाउँपालिका गुल्मीले पालिकाभित्रका उखु कृषकहरुको सहजताका लागि बृहत भेला गर्ने भएको छ ।
गाउँपालिकाले यहीँ पुष १७ गते उखु कृषकहरुका अवसर, चुनौती र बजारीकरण सम्बन्धि अन्तरकृयाको लागि बृहत् भेला गर्ने भएको हो ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै सम्पुर्ण कृषकहरूलाई वडा नं ४ श्रीङ्गाको वडा कार्यालयमा भोली बिहान ११ बजे उपस्थित हुन समेत आग्रह गरेको छ ।

छत्रकोट गाउँपालिका भित्र बिभिन्न वडामा परम्परा देखि व्यवसायिक रुपमा उखु उत्पादन भईरहेको छ। उखु उत्पादनको बिस्तारको लागि पालिकाले अन्तरकृया गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।

यस क्षेत्रका किसान द्धारा उत्पादीत उखु बाट खुदो गुड तथा विभिन्न परिकार बनाई किसानको जिविकोपार्जनमा सहजता आउने र गाउँपालिका कृषी उपजमा आत्मर्नीभर हुने गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *