नेपाली सेना गुल्मीमा सैन्य पदका लागि ५० सङ्ख्यामा भर्ना खुल्यो

साबित्रा पौडेल, वैशाख १० गुल्मी।  तैनाथ श्री राम बाण गुल्ममा सैन्य पदका लागि भर्ना खुलेको छ।   गत चैत २९ गतेको गोरखापत्रमा प्रकाशित सूचनाअनुसार देशका विभिन्न स्थानहरूमा रिक्त रहेको नेपाली सेना सैन्य पदमा  भर्ना खुलेसँगै गुल्मीमा तैनाथ श्री राम बाण गुल्मले ५० सङ्ख्यामा जनशक्ति माग गरेको हो । स्वीकृत दरबन्दी भित्र रहेका अन्य पदमा  खुल्ला तथा समावेशी प्रतियोगिता द्वारा पदपूर्ति गर्नको लागि भर्ना खुलेकाले इच्छुक उम्मेदवारले यही वैशाख २७ गते शनिबारभित्र आवेदन दिन सक्नेछन् भने दुब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने जनाइएको छ।  जसको लागि उम्मेदवारहरु कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्ने र १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ ।

अर्घाखाँचीको धातिवाङ्गले ज्येष्ठ नागरिकहरूलाई तीन दिने तीर्थ यात्रामा लैजाँदै

साबित्रा पौडेल, वैशाख १० गुल्मी। अर्घाखाँचीको धातिवाङ्गले ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रा गराउने भएको छ । जिल्लाको…

छत्रकोट गा.पा.को आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई वैशाख १५ गते

वैशाख १०, गुल्मी ।गुल्मीको छत्रकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई यही वैशाख…

रुरुक्षेत्र गाउँपालिकाले गोरु पालक कृषकहरुलाई अनुदान दिने

सुदर्शन पन्थ, वैशाख ९ गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले गोरु पालक कृषकहरुलाई अनुदान दिने भएको छ।…

छत्रकोट : पुर्ण खोप र पुर्ण सस्थागत प्रसुति सुनिस्चितता तथा दिगोपना घोषणा

भुवन भुसाल, वैशाख ४ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पुर्ण खोप र पुर्ण सस्थागत प्रसुति सुनिस्चितता…

अर्घाखाँचीको मालारानी ३ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यू, २ गम्भीर घाइते

चैत्र २४, गुल्मी। अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा आज बिहान जिप दुर्घटना हुँदा दुई…

दौघा गुल्मीमा सम्पन्न महिला सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरमा १७७ जना लाभान्वित

चैत्र २१ , गुल्मी। गुल्मीको दौघामा महिलाहरुको लागी स्वास्थ्य सम्बन्धी नि:शुल्क घुम्ती शिविर सम्पन्न भएको छ…

रुरुक्षेत्र गाउँपालिकामा आँखाको जाँच तथा मोतिया बिन्दुको अप्रेसन शिविर सञ्चालन हुँदै

चैत्र २०, गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आँखाको जाँच तथा मोतिया बिन्दुको अप्रेसन शिविर सञ्चालन हुने…

छत्रकोट गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुदर्शन पन्थ, चैत्र १९ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय…

चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

सुदर्शन पन्थ, गुल्मी । चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको…