नेपाली सेना गुल्मीमा सैन्य पदका लागि ५० सङ्ख्यामा भर्ना खुल्यो

साबित्रा पौडेल, वैशाख १० गुल्मी।

 तैनाथ श्री राम बाण गुल्ममा सैन्य पदका लागि भर्ना खुलेको छ।  

गत चैत २९ गतेको गोरखापत्रमा प्रकाशित सूचनाअनुसार देशका विभिन्न स्थानहरूमा रिक्त रहेको नेपाली सेना सैन्य पदमा  भर्ना खुलेसँगै गुल्मीमा तैनाथ श्री राम बाण गुल्मले ५० सङ्ख्यामा जनशक्ति माग गरेको हो ।

स्वीकृत दरबन्दी भित्र रहेका अन्य पदमा  खुल्ला तथा समावेशी प्रतियोगिता द्वारा पदपूर्ति गर्नको लागि भर्ना खुलेकाले इच्छुक उम्मेदवारले यही वैशाख २७ गते शनिबारभित्र आवेदन दिन सक्नेछन् भने दुब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने जनाइएको छ। 

जसको लागि उम्मेदवारहरु कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्ने र १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *