इस्वरी बश्याल, मंसिर २२ गुल्मी।
गुल्मीको शान्तीपुरमा भोलिदेखी लाग्ने चक्रेश्वर मेलाको सम्पुर्ण तयारी पूरा भएको छ।
चन्द्रकोटको सान तथा साँस्कृतिक महत्त्व र परिचय बोकेको चक्रेश्वर मेला “चन्द्रकोट क्षेत्रको शान चक्रेश्वर मेला हाम्रो पहिचान” भन्ने नाराका साथ भोली (मंसिर २३ गते) देखि २७ गतेसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।
उदय शान्ति युवा क्लब शान्तिपुरको आयोजनामा भोलिदेखी २७ गतेसम्म लाग्ने मेलामा विभिन्न कार्यक्रमहरु झुला बाल उद्यान, चन्द्र्कोट गाउँपालिका द्वारा कृषि तथा पशु मेला प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा विविध प्रतियोगिताहरु हुने भएका छन।
मेलामा राष्ट्रिय कलाकारहरु एलिना चौहान, प्रकाश दुतराज, रचना रिमाल ,सुमन परीयार, अस्मिता डल्लाकोटी,लालुमाया कुवँर, सपना गाहा मगर, हास्य कलाकार दिनेश काफ्ले लगायत अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
कार्यक्रम भुवन भुसालले संचालन गर्नु हुने छ।
यस्तै, कार्यक्रममा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता,खुल्ला महिला भलिबल प्रतियोगिता, पुरुष भेट्रान्स प्रतियोगिता,बि लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता, भेट्रान्स खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक राजु बरालले बताउनुभयो।
प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको क्लबका संयोजक बरालले बताउनु भयो।
यसैबिच,चक्रेश्वर मेलामा चन्द्रकोट गाउँपालिकाले गाउपालिकाको सबै वडा बाट कृषिजन्य उत्पादनको प्रदर्शनी तथा उत्कृष्ट कृषकहरु छनोट गरि पुरस्कार दिने निर्णय गरेको छ।
गाउँपालिकाले प्रकाशन गरेको सुचना अनुसार गाउँपालिकाको कृषि विकास शाखाका स्टलहरुमा आफुले उत्पादन गरेका उत्कृष्ट कृषि उपजहरु यहीँ मंसिर २४ गते बिहान १० बजेदेखि मंसिर २७ गते दिउँसो १ बजेसम्म प्रदर्शनी गराउन सबै कृषकलाई अनुरोध गरेको छ।
यस्तै,सोही दिन मंसिर कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी। चक्रेश्वोर मन्दिरलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।
नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन चक्रेश्वोर मन्दिरलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ ।