छत्रकोट गा.पा. मा महिला सम्बन्धी ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

साबित्रा पौडेल, वैशाख ११ गुल्मी।

गुल्मीको छत्रकोट गाउँपालिकामा महिला सम्बन्धी ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यही वैशाख १४ गतेदेखि १६ गतेसम्म गाउँपालिकाका विभिन्न स्थानमा बिहान १० बजे देखि ५ बजेसम्म शिविर सञ्चालन हुने छ ।

शिविरमा महिलाहरूको लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा, पाठेघर खसेको महिलाहरूको लागि निशुल्क रिङ पेसरी सेवा, लामो समयको गर्भान्तरका लागि परिवार नियोजन सम्बन्धी आई.यु.सि.डी र ईम्प्लान्ट सेवा, महिलाहरुको लागि डाक्टरद्वारा निःशुल्क जाँच र भिडियो एक्सरे सेवा लगायत महिला सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिनुभयो।

शिविरको हर्दिनेटा स्वास्थ्य चौकी छत्रकोट ३ बाट वैशाख १४ गते शुभारम्भ गरिनेछ ।

यस्तै वैशाख १५ गते हुँगा स्वास्थ्य चौकी छत्रकोट १ र वैशाख १६ गते वोहा सामुदायिक स्वास्थ्य इकाई छत्रकोट ४ दिगाममा समापन गरिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *